Logo

उदयपुर-१ मा कांग्रेसका नेता खड्का निर्वाचित



कटारी, १४ मङ्सिर, । उदयपुरको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा नारायण खड्का चौथोपटक विजयी भएका छन् । खड्काले ३१ हजार दुई सय ७० मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)की मञ्जुकुमारी चौधरीले २८ हजार आठ सय ९१ मत प्राप्त गरेकी थिइन् ।

यस क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो । मतपरिणामअनुसार तीन हजार नौ सय १५ मत ल्याउँदै राप्रपाका ध्रुवकुमार रायमाझी तेस्रो स्थानमा रहनुभयो । यस क्षेत्रमा १६ जना उम्मेदवार रहेका थिए ।

पूर्वसहरी विकास राज्यमन्त्री चौधरी डा खड्काको पुरानै प्रतिस्पर्धी हुन् । विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनको साथ पाएकी चौधरीलाई पराजित गरेका खड्का यसपटक सत्ता गठबन्धनका साझा उम्मेदवार थिए ।

प्रतिक्रिया दिनुहोस्