काठमाडौँ, १८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पमा परी घाइतेहरूको तत्काल उद्धार र राहतका लागि सक्रिय हुन तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले घाइतेहरूको उद्धार र राहतका लागि तत्काल सकिय हुन निर्देशन दिएका हुन् ।







