चितवन, १ असार । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताएकी छन् ।
नेपाली युवा उद्यमी मञ्च चितवन शाखाले बुधवार भरतपुरमा आयोजना गरेको उद्यमशीलसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले यस्तो बताएकी हुन् । उनले विगतमा महानगरपालिका र निजी क्षेत्रबीच सहकार्य भएर केही पूर्वाधार विकास निर्माणको काम भएको उल्लेख गरेकी छन् ।
‘निजी क्षेत्रसँग सधैँ हातेमालो गर्न तयार छौँ’, उनले भन्नि यो, ‘महानगरपालिका एक्लै हिँडेर यहाँको विकास हुँदैन । निजी क्षेत्रसँग सहकार्य गर्न महानगर सधैँ सकारात्मक छ ।’ चितवनमा रहेका निजी क्षेत्रको सहकार्यमा लाइन्स चोकमा बहुउद्देश्य व्यापारिक भवन, नारायणी नदीमा पूर्वाधार विकासका कामहरू भइरहेका छन् ।
मेयर दाहालले चुनावको घोषणापत्रमा ‘मेड इन भरतपुर’ कार्यक्रमलाई प्रथामिकतामा राखिएकाले यस कार्यक्रममा नेपाली युवा उद्यमी मञ्च चितवनले सहकार्य गर्न सक्ने उल्लेख गरेकी छन् ।







