Logo

उद्योगी व्यवसायीहरूको मुहार हसाउने गरी काम गर्छु: श्रेष्ठ



काठमाडौँ, ३० चैत । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले उद्योगी व्यवसायीहरूको मुहार हसाउने गरी काम गर्ने बताएका छन् ।

सर्वसम्मत चयन भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले निराशामा रहेका उद्योगी व्यवसायीहरूको मुहार हसाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले चुनावको समयमा देशभरका उद्योगी व्यवसायीहरूमाझ गरेका प्रतिबद्धताहरू पूरा गर्ने गरी काम गर्ने बताए । उनले पछिल्लो समय व्यवसायीहरूलाई बैंकको ब्याजदर र तरलता अभावको कारण परेको समस्या समाधान गर्ने बताएका छन् ।

श्रेष्ठले आन्तरिक र वैदेशिक लगानी ल्याउनका लागि निजी क्षेत्रले पहल गर्ने बताए । उनले देशभित्र नै लगानीमैत्री वातावरण बनाउन सरकारसँग सहकार्य गर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्