Logo

उपचारमा लापरबाही गरेको भन्दै डाक्टरमाथि कुटपिट



हेटौँडा, २८ भदौ । उपचारमा लापरबाही गरेको भन्दै हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत दुई जना डाक्टरमाथि कुटपिट भएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१ मा रहेको अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि बुधबार कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुमाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

झण्डै एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गी भएका हेटौँडा-१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तले डाक्टरमाथि कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

अस्पतालका अनुसार डेङ्गी पुष्टि भएका प्रधानलाई आराम गर्ने भनेर घर लगिएको थियो । तर, केही दिनपछि उनको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको थियो । प्रहरीका अनुसार उनको उपचारका क्रममा ज्यान गएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्