काठमाडौँ, २३ चैत । आगामी वैशाख १० गते हुने उपचुनावका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदैछ ।
निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।
अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले चुनाव चिह्न पाउनेछन् । त्यस अघि उम्मेदवारी फिर्ता लिन इच्छुकलाई बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय दिइएको छ । यो समयमा उम्मेदवारी फिर्ता लिन चाहनेले फिर्ता गर्न सक्नेछन् ।
आज उम्मेदवारले चुनाव चिह्न पाएपछि उपचुनावको प्रसारप्रसार औपचारिकरुपमा सुरु हुनेछ । चुनाव हुनु ४८ घण्टा अगाडिसम्म उम्मेदवारले प्रचारप्रसार गर्न पाउने छन् । उम्मेदवारी दर्ता गराएकाविरुद्ध परेको उजुरीमाथि हिजो जाँचबुझ गरिएको थियो ।