Logo

उपत्यकाको फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति, आजबाट फोहोर विसर्जन हुने



काठमाडौँ, २७ जेठ । काठमाडौँ उपत्यकामा देखिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न सरोकार पक्षसँग बिहिबार मध्यरातमा १८ बुँदे सहमति भएको छ ।

सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएपछि शुक्रबारदेखि फोहोर विसर्जन हुने सहमति भएको हो । स्थानीयबाट हुँदै आएको अवरोध हट्ने भएको छ । फोहोर विसर्जनको कार्य अब राति मात्र हुने भएको छ । यही जेठ २३ गते फोहोर विसर्जन गर्न दिने त्रिपक्षीय सहमति भएपनि प्रभावित क्षेत्रका बासिन्दाले अवरोध कायम गर्दै आएका थिए ।

प्रभावित क्षेत्रका तर्फबाट बिहीबार मध्यराति भएको सहमतिपत्रमा ककनी गाउँपालिका वडा नम्बर १ र २ का अध्यक्ष तथा धुनिवेशी नगरपालिका वडा नम्बर १ र २ का अध्यक्षले हस्ताक्षर गरेका छन् । यस्तै महानगरपालिकाको तर्फबाट मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्