Logo

उपत्यकामा हैजा ‘आउटब्रेक’ हुने स्थितिमा



काठमाडौँ, १० असार । उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । बिहीबार पनि थप एक जना बिरामीमा हैजाको पुष्टि भएको छ । योसहित हाल टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र पाँच जना हैजा (कोलेरा)का बिरामी पुष्टि भएको छ ।

बिहीबार हैजा पुष्टि हुनेमा बल्खु बस्ने ३५ वर्षीया महिला हुन् । “उहाँले धारामा आउने पानी प्रत्यक्ष रूपमा पिउनु हुँदोरहेछ,” टेकु अस्पतालकी निर्देशक डा. मनीषा रावलले भनिन्, “बिहीबार पनि पाँच जना बिरामी सघन उपचार कक्षमा उपचारत छन् ।”

अब उपत्यकामा हैजा ‘आउटब्रेक’ हुने स्थिति भइसक्यो भन्दै उनले यसैगरी हैजा बढ्दै जाने हो भने डरलाग्दो स्थिति आउन सक्नेतर्फ सचेत गरिन् । सबैलाई सरसफाइ, खानेकुरा तथा पिउने पानीमा विशेष ध्यान दिन आग्रह गर्दै निर्देशक डा. रावलले हैजाबारे जनचेतना भएन भने नियन्त्रण गर्न कठिनाइ हुने स्थिति देखिएको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

प्रतिक्रिया दिनुहोस्