Logo

उपनिर्वाचनपछि प्रदेश सरकार पुनर्गठन हुन्छ: खाँण



जनकपुरधाम, २६ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले उपनिर्वाचनपछि प्रदेश सरकार पुनर्गठन हुने बताएका छन् ।

आइतबार जनकपुरधाममा प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सातै प्रदेशको सरकार आगामी वैशाख १० पछि पुनर्गठन हुने बताएका छन् ।

गठबन्धनमा आबद्ध दलहरूबीच प्रदेश सरकारहरूमा आलोपालो मुख्यमन्त्री लिने सैद्धान्तिक सहमति भएको उनले बताए ।

उनले राष्ट्रपति कार्यालयमा अड्किएर रहेको नागरिकता विधेयकसमेत अविलम्ब प्रमाणीकरण गराएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, विभिन्न आन्दोलनको क्रममा राजनीतिक दलका नेताकार्यकर्तामथि लागेको मुद्दा फिर्ता प्रक्रियासमेत यथाशीघ्र विधेयक पारित गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्