Logo

उपनिर्वाचनमा एक्लै लड्ने माओवादीको निर्णय



काठमाडौं, २६ कार्तिक । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको उपनिर्वाचनमा एक्लै लड्ने भएको छ ।

आज खुमलटारमा बसेको पदाधिकारी बैठकदले गठबन्धन नगरी एक्लै उपनिर्वाचन लड्ने निर्णय गरेको हो । कुनै स्थानीय तहमा गठबन्धनको आवश्कता परे स्थानीय तहले नै निर्णय गर्न सक्ने बैठकले निर्णय गरेको हो ।

बैठकले सिफारिस भएर आएका उम्मेदवारको नाम अनुमोदन पनि गरेको छ।

आज बसेको केन्द्रिय कार्यालय बैठकले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि प्रदेश र जिल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारहरूको नाम अनुमोदन गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकले मङ्सिर मसान्तसम्म पालिका सभा र खबरदारी सभा सँगसँगै लगेर प्रभावकारी जनपरिचालनको कार्यक्रम गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले पुस २ गते केन्द्रिय समितिको बैठक बस्ने निर्णय गरेको पनि पार्टी प्रवक्ता सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्