काठमाडौँ, २० चैत । नेकपा (एकीकृत समाजवादी) पार्टीले आगामी उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।
सोमबार बसेको पार्टीको सचिवालय बैठकले तीन वटै निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेको उपमहासचिव डा.गंगालाल तुलाधरले जानकारी दिए ।
आगामी वैशाख १० गते तनहुँ-१, चितवन-२ र बारा-२ मा उपनिर्वाचन हुँदैछ । तनहुँमा कांग्रेसका उम्मेदवार गोबिन्द भट्टराई, चितवनमा कांग्रेसकै जितनारायण श्रेष्ठ र बारामा जसपाका उम्मेदवार उपेन्द्र यादव गठबन्धनआवद्ध प्रमुख दलका साझा उम्मेदवार हुन् ।