काठमाडौँ, २२ चैत । नेपाली कांग्रेस संसदीय बोर्डले इलाम-२ मा उम्मेदवारका सबै आकांक्षीलाई बोलाएर छलफल गर्ने भएको छ ।
कांग्रेसले आजै उम्मेदवारको टुंगो लगाउने गरी छलफल थालेको जनाएको छ । “सकेसम्म सहमतिकै आधारमा उम्मेदवारबीच सहज वातावरण बनाएर टुंगो लगाउने तयारी छ,” एक नेताले भने ।
इलाम-२ मा कांग्रेसका सात जना आकांक्षी छन् । मंगलबार र बुधबार दुई दिनसम्म बसेका औपचारिक बैठक निष्कर्षविहीन रहेको थियो ।
त्यसअघि पनि नेताहरु अनौपचारिक छलफलमा जुटेका थिए । संस्थापन पक्ष र संस्थापन इतर पक्ष फरक-फरक उम्मेदवारको पक्षमा अडिग रहेपछि उम्मेदवार चयनको विषय कांग्रेसमा थप पेचिलो बनेको छ ।