Logo

उपनिर्वाचन सम्पन्न, कुन दलले कति जिते ?



काठमाडौँ, १८ मंसिर । स्थानीय तहको उपनिर्वाचन सम्पन्न भएको छ।

जिल्ला समन्वय समिति, नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र वडाध्यक्ष गरी ४४ स्थानका लागि यो उपनिर्वाचन भएकामा सबै स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।

ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेस उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए। त्यस्तै रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं २ को वडाध्यक्षमा पनि माओवादी उम्मेदवार निर्विरोध भएका थिए।

तीन ठाउँमा निर्विरोध निर्वाचित भएपछि बाँकी ४१ सिटका लागि आइतबार मतदान भएको थियो। मतदान भएकामा दुईवटा नगरपालिका प्रमुख र एउटा गाउँपालिका अध्यक्ष पद थिए। त्यस्तै उपाध्यक्ष एवं उपप्रमुख पद ५ वटामा मतदान भएको थियो। ३३ वटा वडाध्यक्ष पनि मतदानबाटै चुनिएका छन्।

४४ स्थानमध्ये नेपाली कांग्रेसले १९ ठाउँमा विजय हासिल गरेको छ। दोस्रो बढी माओवादीले जितेको छ। उसले ११ वटा सिट जितेको छ।

एमालेले ८ स्थानमा जित निकालेको छ।

यस निर्वाचनमा जसपा नेपालले २ स्थान जितेको छ भने नेकपा एकीकृत समाजवादी, नेमकिपा, रास्वपा र स्वतन्त्र उम्मेदवारले एक-एक ठाउँ जितेका छन्।

यस निर्वाचनमार्फत रास्वपाले स्थानीय सरकारमा पहिलोपल्ट प्रवेश पाएको छ।

माओवादीले केही आफ्ना पुराना सिट गुमाए पनि नयाँ ठाउँमा जितेर उल्लेख्य सिट बढाएको छ। कांग्रेसले केही नयाँ ठाउँमा जित हात पारे पनि साविकका उल्लेख्य सिट गुमाएको छ।

एमालेले केही वडाध्यक्षका पद गुमाएर प्रमुख र उपप्रमुखको पद जोडेको छ।

कांग्रेस विजयी- १७

कृष्णमान डङ्गोल, कीर्तिपुर नगरपालिकाको प्रमुख
नगेन्द्र लिम्बू, लालीगुराँस नगरपालिका-८ तेह्रथुम
तेतर साहु, गढी गाउँपालिका-६ सुनसरी
शेख अब्दुल खलिक, ईशनाथ नगरपालिका-७ रौतहट
समसे आलम, राजपुर नगरपालिका-६ रौतहट
इच्छाकुमार महर्जन, कीर्तिपुर नगरपालिका-१
राजेन्द्र बानियाँ, कीर्तिपुर नगरपालिका-४
अर्जुनप्रसाद तिवारी, हेटौंडा-१२, मकवानपुर
आनन्द श्रेष्ठ, गुल्मीको मुसिकोट-१
भूपमणि पुन मगर, रुन्टीगढी गाउँपालिका-४ रोल्पा
अमिन थारु, ठाकुरबाबा नगरपालिका-४ बर्दिया
खम्बबहादुर सिंह, कुशे गाउँपालिका-७ जाजरकोट
मोतिराम खत्री, सानीभेरी गाउँपालिका-५ रुकुमपश्चिम
धिरेन्द्र पुजारा, सूर्मा गाउँपालिका-४ बझाङ
मोहन थापा, पुर्वीचौकी गाउँपालिका-६ डोटी
धनसिंह कुँवर, दुहु गाउँपालिका-५ दार्चुला
प्रकाश चन्द, भीमदत्त नगरपालिका-६ कञ्चनपुर

माओवादी केन्द्र विजयी- १०

देवकी तिमिल्सिना, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष
भरत घिमिरे, उदयपुरको बेलका नगरपालिका–९ वडाध्यक्ष
नवीनकुमार बान्तवा राई, त्रियुगा नगरपालिका-१२ उदयपुर
सुनिल कापर केवट, धनुषाधाम नगरपालिका-१ धनुषा
कृष्ण घिमिरे, ककनी गाउँपालिका-२ नुवाकोट
विष्णुबहादुर मगर, गोरखा नगरपालिका-५ गोरखा
जगत घर्ती, पुथा उत्तरगंगा-२ रोल्पा
नमोनारायण माझी, ग्रामथान गाउँपालिका अध्यक्ष, मोरङ
देवका लामिछाने, नलगाड नगरपालिका उपमेयर, जाजरकोट
नरबहादुर झाँक्री, त्रिपुरासुन्दरी नगरपालिका-५ डोल्पा

एमालेबाट निर्वाचित- ८
उमा लुङ्गेली मगर शेर्पा, दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष
कुमारी सावादेन, सिरिजंघा-३ ताप्लेजुङ
गंगाबहादुर तामाङ, मोलुङ गाउँपालिका अध्यक्ष, ओखलढुंगा
सकिबुल खाँ, रामगोपालपुर नगरपालिका-२ महोत्तरी
मोहम्द ताहिर मुसलमान, शुद्धोधन गाउँपालिका-१ कपिलवस्तु
लालबहादुर शाही, दुल्लु नगरपालिका-१३ दैलेख
जंगबहादुर शाही, महाबु गाउँपालिका अध्यक्षमा दैलेख
सुलोचना भण्डारी, स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, बाजुरा

जसपा नेपाल विजयी- २

धीरेन्द्रकुमार साह, डाक्नेश्वरी-१, सप्तरी
देवेन्द्रप्रसाद यादव, डाक्नेश्वरी-४, सप्तरी

राष्ट्रिय स्वतन्त्र पार्टी विजयी

रोजिना श्रेष्ठ, काठमाडौं-१६

एकीकृत समाजवादी विजयी

बजरंगीप्रसाद यादव, गढीमाई नगरपालिका-८ रौतहट

नेमकिपा विजयी

खड्गराज शाही, तिलागुफा नगरपालिका-४ कालिकोट

स्वतन्त्र विजयी

लक्ष्मीप्रसाद ओली, कन्काई नगरपालिका-६ झापा

प्रतिक्रिया दिनुहोस्