काठमाडौँ, १८ माघ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनसँग भेट गरेका छन् ।
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच आपसी सहयोग र चासोका विविध विषयमा छलफल भएको थियो ।
भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले ऊर्जाको विकाश, प्रशारण र व्यापार आफ्नो प्राथमीकता रहेको उल्लेख गर्दै ऊर्जाको ट्रान्समिसन लाईन विस्तारमा अमेरिकी सरकारको सहयोग रहने विश्वास व्यक्त गरेका थिए ।
उपप्रधानमन्त्री लिङ्देनले भ्रष्टाचार शून्यको सिद्धान्तमा आफूले काम गर्न चाहेको बताउदै नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरीकाको महत्वपूर्ण योगदान रहेको चर्चा गरेका छन् ।
विगत लामोदेखि अमेरिकाले नेपालको विभिन्ने क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै राजदूत थोम्पासोनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।
पूर्वाधार, विकासको मेरुदण्ड भएकोले सरकारको प्राथमीकता पनि पूर्वाधार विकासमै रहेकोले त्यसमा सहकार्य गर्न आफूहरु इच्छुक रहेको उपप्रधानमन्त्री लिङ्देनले बताए ।







