काठमाडौँ, १९ पुस । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले एकान्तकुनामा रहेको यातायात कार्यालयको अनुगमन गरेका छन् ।
कार्यालय समय सुरू हुनासाथ मन्त्री श्रेष्ठ आकस्मिक अनुगमनका लागि पुगेका थिए ।
अनुगमनका क्रममा उनले झन्झटरहित सेवा दिन कर्मचारीलाई निर्देशन दिएका छन् । यस्तै, उनले कार्यालयमा सेवा लिइरहेका सेवाग्राहीको गुनासो पनि सुनेका थिए । यातायात कार्यालयमा सेवाग्राहीलाई सेवा पाउन सास्ती छ ।
एउटै कामका लागि पटक-पटक धाउनु परेको सेवाग्राहीको गुनासो बढे पछि मन्त्री श्रेष्ठले आज अनुगमन गरेका हुन् ।







