बिर्तामोड, ९ वैशाख । आसन्न स्थानीय निर्वाचनको तयारीका लागि उपमेयरसहित बिर्तामोड नगरपालिकाका २८ जना जनप्रतिनिधिहरूले आज राजीनामा दिएका छन् ।
राजीनामा दिनेहरूमा उपमेयर पवित्रा महतारा प्रसाईँ, वडा नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, सदस्यहरू प्रेमकुमार खरेल , यमुना आचार्य, कमला महरा, वडा नं २ का वडाध्यक्ष नगेन्द्रप्रसाद सङ्ग्रौला, सदस्य किशोर पौडेल, वडा नं ३ का वडाध्यक्ष भोजराज सिटौला, सदस्य पूर्णप्रसाद राजवंशी, वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद सङ्ग्रौला, सदस्यहरू निर्मला सोनार, कविता डाँगी, राहुल शर्मा रहेका छन् ।
त्यसैगरी वडा नं ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, वडा नं ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, सदस्यहरू पवित्रादेवी कोइराला, शोभा विक, वडा नं ८ का वडाध्यक्ष अजय कार्की, सदस्यहरू लक्ष्मी नेपाली, इन्दिरा पाण्डे, गंगालाल राजवंशी, वडा नं ९ का वडा सदस्यहरू हरि चौलागाई, सङ्गीता शिवा, वडा नं १० का वडाध्यक्ष दुर्योधन गुरुङ, सदस्यहरू अर्जुन सिटौला, भक्तसिंह राजवंशी, गीता घिमिरे र दीपिका शिवा रहेका छन् ।
आगामी निर्वाचनका लागि बैशाख ११ गते मनोनयन दर्ता गर्नुअघि बहालवाला जनप्रतिनिधिहरूको राजीनामा स्वीकृत गरिनु पर्ने हुन्छ । मेयर ध्रुवकुमार सिवाकोटीलाई उनीहरूले बुझाएको राजीनामा आजै स्वीकृत भएको जनाइएको छ ।