Logo

उपराष्ट्रपतिको चुनावलगत्तै सरकार विस्तार: प्रधानमन्त्री



काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपराष्ट्रपतिको चुनावलगत्तै सरकार विस्तार हुने बताएका छन् ।

बिहीवार राष्ट्रपतिको चुनावपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले पालिका, प्रदेश र सङ्घसँगै राष्ट्रपतिको चुनाव पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढङ्गले सकिएको बताए । उनले अबको ध्यान सरकारलाई पूर्णता दिने हुने बताएका हुन् ।

उनले भने, ‘पालिका चुनावदेखि प्रदेश र सङ्घको चुनावसँगै राष्ट्रपतिको चुनाव सम्पन्न भइसकेपछि उपराष्ट्रपतिको चुनाव एउटा बाँकी छ । अब हाम्रो ध्यान सरकारलाई पूर्णता दिने हुन्छ । उपराष्ट्रपतिको चुनावपछि सरकार विस्तार हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्