Logo

उपराष्ट्रपतिमा झालाई उठाउने जनमत पार्टीको निर्णय



काठमाडौँ, २६ फागुन । जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाउने भएको छ ।

केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपाध्यक्षसमेत रहेका खानेपानी मन्त्री अब्दुल खांनले जानकारी दिए ।

उनले भने, “पार्टीका तर्फबाट ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको हो, गठबन्धन दलसँग छलफल भएको छैन ।”

जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज ५३ वर्षीय झाले सद्भावना पार्टीबाट राजनीति सुरु गरेकी थिइन् । उनी स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार थिइन्  ।

प्रतिक्रिया दिनुहोस्