Logo

उपराष्ट्रपतिका बारेमा छलफल गर्न गठबन्धनको बैठक बस्दै



फायल तस्बिर

काठमाडौँ, २७ फागुन । निर्वाचन आयोगले उपराष्ट्रपति महिला हुनु पर्ने निर्णय गरे पछि सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक आज बिहान साढे ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

बैठकमा उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज उम्मेदवार मनोनयनको कार्यतालिका छ, तर निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बन्न नपाउने निर्णय गरेपछि दलहरू अलमलमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्