काठमाडौँ, २८ फागुन । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।
उम्मेदवारी फिर्ताका लागि दिएको निर्धारित समयमा कोही कसैले पनि उम्मेदवारी फिर्ता नलिएपछि आयोगले चारै जनाको नाम अन्तिम नामावलीमा राखेको छ ।
उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाट दुई जना र जनमत पार्टीबाट एक गरी तीन जना भिड्ने भएका छन् । त्यसैगरी, विपक्ष दल नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।
त्यस्तै, जनमत पार्टीकी ममता झा, जसका रामसहायप्रसाद यादव र प्रमिला कुमारीले दिएको उम्मेदवारी कायम राखेको हो । उपराष्ट्रपति चयनका लागि चैत ३ गते मतदान हुनेछ । मतदान बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।