Logo

उपराष्ट्रपति यादवद्वारा शपथ ग्रहण



काठमाडौँ, ६ चैत । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

यादवले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज शीतल निवासमा शपथग्रहण गरेका हुन् ।

यादव गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका हुन् । चौथो कार्यकालको लागि शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का नेता यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

निर्वाचित भएपछि यादवले सांसद र जसपाबाट राजीनामा दिएका छन् । यादवले ३० हजार ३२८ मतभार प्राप्त गरी उपराष्ट्रपतिमा निर्वाचित भए । संघीय संसदतर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ गरी कूल ३० हजार ३२८ मतभार प्राप्त गरी निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्