Logo

उपसभापति खड्का भन्छन्: कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैन



काठमाडौँ, १५ मंसिर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन् ।

बिहीवार नेपाली कांग्रेसका नेता स्व। कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको सालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका उपसभापति खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका हुन् ।

उनले पार्टी सभापति देउवाको नेतृत्वमा कांग्रेस र सिङ्गो गठबन्धन नै चुनावमा गएको भन्दै देउवाले दलको नेतामा चाहना राखेपछि दायाँ-बायाँ कुरा गरिराख्नु नपर्ने बताए । उनले दलको नेताको चुनाव सर्वसम्मतरूपमा गर्नुपर्ने पनि बताए ।

उनले भने, ‘कांग्रेसको संसदीय दलको नेताको चुनाव सर्वसम्मत तरिकाले गर्नुपर्छ । सिधा कुरा छ, नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी चुनावमा गएका छौँ । विशेषगरी कांग्रेस पार्टी उहाँकै नेतृत्वमा अगाडि बढेको छ । सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताको चाहना राख्ने कुरा अगाडि आएपछि त्यसमा अहिलेको बेलामा धेरै दायाँ–बायाँ कुरा गरिराख्नुपर्छ जस्तो मलाई लाग्दैन ।’

प्रतिक्रिया दिनुहोस्