Logo

उपसभामुखको उम्मेदवार इन्दिरा राना मगरलाई बनाउने रास्वपाको निर्णय



काठमाडौँ, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले उपसभामुखमा पार्टीकी सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरेको छ ।

शुक्रवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले उपसभामुखमा रानामगरलाई उठाउने निर्णय गरेको हो । उपसभामुखको उम्मेदवारका रूपमा पार्टीकी सांसद सोबिता गौतम प्रस्ताववक रहने भएकी छन् ।

झापाकी मगर समानुपातिक सांसद हुन् । उपसभामुखका लागि शनिवार चुनाव हुँदैछ त्यसैले आज उपसभामुखको मनोनयन दर्ता गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्