Logo

उपसभामुखको निर्वाचन आज



काठमाडौँ, ७ माघ । प्रतिनिधि सभाको उपसभामुख पदको आज निर्वाचन हुँदैछ । उम्मेदवारी दर्ताका लागि तोकिएको शुक्रबार अपरान्ह चार बजेसम्ममा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गरेका छन् । रानाको प्रस्तावक सोविता गौतम र समर्थक एमालेका कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।

त्यसैगरी यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे छन् भने समर्थकमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहेका छन् । आज मध्यान्ह १ बजे बस्ने प्रतिनिधि सभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निणार्यथ प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्