Logo

उपसभामुखमा कांग्रेसकी पुष्पा भुसालले गरिन् मनोनयन दर्ता



काठमाडौँ, ३० असार । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उपसभामुखका लागि उम्मेदवारी दर्ता गराएकी छन् । केहीबेरअघि संसद् सचिवालयमा पुगेर उनले उपसभामुखका लागि मनोनयन दर्ता गरेकी हुन् ।

भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा सांसद लक्ष्मीकुमारी चौधरी छिन् । सत्तारुढ गठबन्धनकातर्फबाट साझा उम्मेदवारका रुपमा गौतमको उम्मेदवारी परेको हो ।

लामो समयदेखि प्रतिनिधिसभाको उपसभामुख पद रिक्त रहँदै आएको थियो । यो संसदको कार्यकाल मात्र चार महिना बाँकी छँदा उपसभामुखको निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्