Logo

उपसभामुख छान्न मतदान हुँदै



काठमाडौँ, ३१ असार । प्रतिनिधि सभाको उपसभामुख छान्न आज मतदान हुँदैछ ।

उपसभामुख छान्नको लागि प्रतिनिधि सभामा दिउँसो ३ बजे मतदान हुन लागेको हो ।

सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विद्या भट्टराईले उम्मेदवारी दिएका छन् ।

संसद्को अङ्क गणित हेर्दा उपसभामुखमा कांग्रेसकी नेतृ भुसालको जित निश्चित जस्तै देखिन्छ । प्रतिनिधि सभामा अहिले २ सय ७१ जना सांसद रहेका छन् ।

उपसभामुखमा निर्वाचित हुनको लागि संसदमा तत्काल कायम रहेको सङ्ख्याको बहुमत अर्थात १ सय ३६ मत आवश्यक पर्छ । सत्ता गठबन्धनमा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४०, एकीकृत समाजवादीका २३, जनता समाजवादी पार्टीका २० र राष्ट्रिय जनमोर्चाका सांसद गरेर १ सय ५४ जना सांसद रहेकाले कांग्रेसकी पुष्पा भुसाल निर्वाचित हुने पक्का जस्तै छ । एमालेसँग ९८ जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्