Logo

उपाधिका लागि बुद्धशान्ति-५ र मुनामदन एकाडेमी भिड्दै



बुद्धशान्ति, असोज १४ । आइतबारे युथ क्लब बुद्धशान्ति-४ को आयोजनामा भइरहेको साबिक शान्तिनगर स्तरिय फुटबल कपको उपाधिको लागि आज बुद्धशान्ति-५ र मुनामदन एकाडेमी भिड्दै छन् ।

यसअघि भएको पहिलो सेमिफाइनलमा मुनामदनले सट्टाभर्नालाई ३-१ ले र दोस्रो सेमिफाइनलमा वडा नं.५ ले पिपल चोकलाई २-१ ले पाखा लगाउँदै उपाधी भिडन्त पक्का गरेका थिए ।

बुद्धशान्ति-४ को बर्ने चिया कमानको वर्कसपमा जारी प्रतियोगिताको आज उपाधी अगाडिको शो म्याचमा तरुण दल र युवा संघ भिडने आयोजक समितिका सचिव काशिहाङ चाम्लिङ राईले जानकारी दिए ।

प्रतियोगिताको उपाधि विेजेतालाई नगद १० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र र उपविजेतालाई नगद ७ हजारसहित प्रमाणपत्र प्रदान गरिने अध्यक्ष रुवन खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्