Logo

उपेक्षित उष्णप्रदेशिय रोग दिवसमा प्यानल छलफल



विराटनगर, १७ माघ । उपेक्षित उष्णप्रदेशिय रोगहरुलाई रोकथाम र नियन्त्रण गर्न तीन तहको सरकारले समन्वय गरेर अगाडी बढ्नु पर्ने वक्ताहरुले बताएका छ्न ।

प्रदेश १ स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आयोजित चौथो विश्व उपेक्षित उष्णप्रदेशिय रोग दिवश २०७९ को अवसरमा विराटनगरमा सोमबार आयोजित कार्यक्रमका वक्ताहरुले सो कुरा बताएका हुन ।

विशेषगरि गर्मी ठाउँ र सिमान्तकृत समुदायमा देखिने कुष्ठरोग, लुतो, हात्तिपाइले, रेबिज, कालाजार, सर्पदंश, माटोबाट सर्ने जुका, फित्तेजुका, डेंगु र चिकनगुनिया र खस्रे रोग जस्ता १० वटा रोगहरु उपेक्षित रोगमा पर्ने गरेको बताएको छ ।

स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले रोग नियन्त्रण र निवारण गर्ने कुरामा तीन तहको सरकारले अपन्तव लिदै सबैको सहभागिता र सहकार्यमा अगाडि बढाउनु पर्नेमा जोड दिए ।

स्वास्थ्य मन्त्री निर्मला लिम्बुले १० वटा रोगहरु प्राथमिकतामा नपरे पनी यी रोगहरु गम्भीर किसिमको भएको बताइन् ।

उनले स्वास्थ्य क्षेत्रको लागि संघमा बजेट भए पनि प्रदेश १ जहिले पनि ओझेलमा पर्ने गरेको गुनासो गरिन् । मन्त्री लिम्बुले रोगलाई रोकथाम र नियन्त्रण गर्न उपचारसंगै जनचेतना आवश्यक रहेकोले स्थानीय भाषालाई प्राथमिकतामा राखनु पर्नेमा जोड दिइन् ।

प्रदेश १ स्वास्थ्य मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा सुरेश मेहताले स्वास्थ्य मन्त्रालयको बजेट न्यून हुने भएकोले त्यही अनुसार काम गर्दा शुक्ष्म तहमा गर्नु पर्दा गाह्रो हुने गरेको बताए ।

उनले जुन क्षेत्रमा जुन रोग का संक्रमितहरु छन त्यसलाई मध्ये नजर गर्दै प्रभावित क्षेत्र औषधि सेवनसंगै जनचेजना फैलाउने काम गर्ने गरेको बताए । सरकारले विभिन्न रोगहरुको लागि बजेट छुटयाए पनि उक्त बजेट पर्याप्त नभएको गुनासो गरेका छन् ।

प्रदेश १ नगरपालिका संघका प्रमुख तथा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले उपेक्षित यी १० वटा रोगलाई नियन्त्रण र निवारण गर्न तीन तहको सरकारबिच एकीकृत सहकार्यको आवश्यकता रहेको बताए ।

प्रदेश पत्रकार महासंघ प्रदेश १ को अध्यक्ष लिलाबल्लभ घिमिरेले १० वटा रोग ओझेलमा परेको कुरा आई रहदा राज्य स्वास्थ्य क्षेत्रमा गम्भीर नभएको बताए । उनले सरकारको प्राथमिकतामा शिक्षा र स्वास्थ्य नपरेको आरोप लगाएका छन् ।

‘अहिले गरौ, एकै साथ गरौ, उपेक्षित उष्णप्रदेशिय रोगहरुमा लगानी गरौ’ भन्ने मुल नाराका साथ उक्त दिवस प्रदेश १ स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आयोजित तथा फेयर मेड र एन एल आरको सहयोगमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको प्यानल छलफल जनस्वास्थ्यबिद कैलाश खाकी श्रेष्ठले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्