Logo

उपेन्द्रसँग चुनाव हारेका शिवचन्द्रलाई जनमतले पार्टीबाट निकाल्यो



काठमाडौँ, ४ साउन । जनमत पार्टीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवविरुद्ध उपनिर्वाचनमा लडेका शिवचन्द्र कुशवाहालाई कारबाही गरेको छ।

उपनिर्वाचनको संघारमा नेकपा माओवादी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेर उम्मेदवार बनेका कुशवाहा जनमतको अनुशासन कारबाहीमा परेका हुन् । उनी बारा-२ मा जनमतबाट उम्मेदवार थिए ।

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख दिपककुमार साहले जारी गरेको प्रेस विज्ञप्ति अनुसार कुशवहा हालाई पार्टी विरोधी गतिविधि तथा नेतृत्वको विरोधमा विभिन्न क्रियाकलापमा संलग्न भएको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्