Logo

‘उब्रिएको सिट’ दिए स्वीकार्य हुन सक्दैन: माधव नेपाल



काठमाडौँ, १५ भदौ । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा खेलेको भूमिकालाई नजर अन्दाज नगर्न चेतावनी दिएका छन् ।

बुधबार युवासंघको मेची–महाकाली अभियानबारे जानकारी दिन काठमाडौंस्थित केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सबै सिट राखेर ‘उब्रिएको सिट’ दिए स्वीकार्य नहुने चेतावनी समेत दिए ।

“राष्ट्रिय राजनीतिमा हामीले खेल्दै आएको भूमिकालाई कसैलाई नजर अन्दाज नगरोस् । जम्मै सिट आफूले लिने अनि उभ्रिएको सिट हामीलाई दिने कुरा हुन्छ भने हामीलाई स्वीकार्य हुन सक्दैन,” अध्यक्ष नेपालले भने, “धेरै ठाउँको मैले रिपोर्ट पाएको छु । साथीहरूले भन्नुभएको छ– त्यस्तै पर्‍यो भने हामी दृढताका साथ अघि बढ्ने काम गर्छौं कमरेड ! हामी कोही पनि आत्तिनुपर्ने आवश्यकता छैन ।”

प्रतिक्रिया दिनुहोस्