Logo

उमेर बढाएर वृद्ध भत्ता लिने एक जना पक्राउ



अर्घाखाँची, १९ जेठ । नागरिकता केरमेट गरेर वृद्ध भत्ता लिने शितगंगा नगरपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शितगंगा-१३ सिमलपानीका केशबहादुर भाटलाई नागरिकता केरमेट गरेर वृद्ध भत्ता लिएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक शंकर खड्काले बताए ।

भाटले नागरिकतामा भएको जन्म मितिलाई केरमेट गरी बनाएर सामाजिक सुरक्षा भत्ता लिएको अनुसन्धानका क्रममा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्