Logo

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौँ, ११ वैशाख । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ ।

महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो ।

बैठक पार्टी कार्यालय सानेपामा बिहान ११ बजे बस्नेछ । त्यसअघि सानेपामै कांग्रेस शीर्ष नेताबीच अनौपचारिक छलफल हुनेछ ।

उम्मेदवार टुङ्गो लगाउन कांग्रेसका शीर्ष नेताबीच हिजो र अस्ति पनि निरन्तर छलफल भएको थियो । तर सहमति जुट्न नसकेपछि आज फेरि बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्