Logo

उम्मेदवारी खारेज भएपछि गुरुङद्वारा सर्वाेच्चमा रिट



काठमाडौँ, २७ असोज । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा आफूले दिएको उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनका साझा उम्मेदवार राजु गुरुङले सर्वोच्च अदालतमा रिट दिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले उचित प्रमाणविना आफ्नो उम्मेदवारी खारेज गरिदिएको र उम्मेदवारी कायमै राख्न माग गरेर गुरुङले आज बिहीवार सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादीका नेता गुरुङ बैंकिङ कसुरको कालोसूचीमा रहेको भन्दै मनोनयन खारेज गरिदिएको थियो । तर आफ्नो कसुर मनोनयन नै खारेज हुने प्रकृतिको नरहेको र निर्वाचन अधिकृतले एमालेका उम्मेदवार विष्णु पौडेलसँग मिलेमतो गरेको गुरुङको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्