काठमाडौं, ४ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट उम्मेदवारी मनोनयनका लागि आज झापा आउँदै छन् ।
झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ताका लागि आज बिहान १०:२५ को जहाजबाट ओली भद्रपुर अवतरण गर्ने कार्यक्रम रहेको छ । पार्टी केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै क्षेत्र नं १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले केहीबेर क्षेत्रको पछिल्लो अवस्थाका बारेमा जानकारी लिनेछन् ।
यसैगरी, ३ नं क्षेत्रका बारेमा पनि उनले भद्रपुरमै जानकारी लिने कार्कीले बताए । क्षेत्र नं। २ का बारेमा अध्यक्ष ओलीले विर्तामोडमा जानकारी लिने कार्यक्रम छ । क्षेत्र नं ४ को निर्वाचन तयारीका सन्दर्भमा सुरुंगामा जानकारी लिनेछन् । आफ्नो निर्वाचन क्षेत्र दमक ५ का नेता कार्यकर्तासँग दमक मै भेटघाट गर्ने कार्कीले जानकारी दिए ।
अध्यक्ष ओलीले जेनजी विध्वंसका बेला जलाइएको आफ्नो दमकस्थित निवासमा पनि जाने तयारी रहेको एमालेले जनाएको छ ।







