मेचीनगर, २८ पुस । उर्जाशील सामाजिक युवा व्यक्तित्वको रुपमा मेचीनगर नगरपालिका वडा नं.१० का वडा सदस्य विशाल कार्की सम्मानित भएका छन् ।
शान्ति समाज मेचीनगर-१० धुलावारीको आज सम्पन्न १२ औ बार्षिक साधारणसभाबाट कार्की सम्मानित भएका हुन् ।
सानै उमेर देखि सामाजिक क्षेत्रमा सक्रिय कार्की सम्भवत: कोशी प्रदेशका कान्छा जनप्रतिनिधि हुन् । बाल क्लव, युवा क्लव हुँदै सामाजिक क्षेत्रमा उदाएका कार्की जनताको सुखदु:खमा सधैं सँगसँगै देखिन्छन् ।
उक्त सम्मान पत्र साथै दोसल्लाबाट कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नं.१० का वडाध्यक्ष नारायण खनाल, संस्थाका अध्यक्ष बद्रीनाथ दाहाललगायतले कार्कीलाई सम्मान गरेका थिए ।
सो अवसरमा जेष्ठ नागरिक, बालबालिका तथा संस्थालाई सहयोग गर्ने दाताहरुलाई समेत सम्मान गरिएको थियोे ।






