ललितपुर, ४ मंसिर । उर्जामन्त्री तथा ललितपुर ३ सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी प्रतिनिधिसभा उम्मेदवार पम्फा भुसालले मतदान गरेकी छिन् ।
उनले ललितपुरको कुपण्डोलस्थित राजतीर्थ मतदान केन्द्रबाट मतदान गरेकी हुन् । मतदान गरेपछि भुसालले भनिन्, मतदान गर्दा उत्साहित छु र मेरो जीत पनि सुनिश्चित छ । निर्वाचनले सबैलाई उत्साह दिएको छ ।
उक्त क्षेत्रमा नेकपा एमालेबाट अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तोसिमा कार्की उम्मेदवार छन् ।







