Logo

ऊर्जामन्त्री भुसाल र जर्मनीका राजदूतबीच भेटवार्ता



काठमाडौँ, २३ साउन । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि जर्मनीका कार्यबहाक राजदूत स्टेफन रुसेकबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा सोमबार मन्त्री भुसाल र राजदूत स्टेफन रुसेकबीच भेटवार्ता भएको हो।

भेटमा जलविद्युतको प्रयोग गरेर रासायनिक मल उत्पादनका लागि जर्मनी प्रविधि प्रयोग गर्ने विषयमा छलफल भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्