Logo

ऋषि सुनक औपचारिकरूपमा बेलायतको प्रधानमन्त्री नियुक्त



बेलायत, ८ कात्तिक । ऋषि सुनक औपचारिकरूपमा बेलायतको प्रधानमन्त्री बनेका छन् ।

राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक ५७ औँ प्रधानमन्त्री बनेको बीबीसीले जनाएको छ ।

बकिङ्घम दरबारमा भएको भेटमा राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गरेका हुन् । सुनक बेलायती प्रधानमन्त्री बन्ने पहिलो एसियाली मूलका नागरिक हुन् । ४२ वर्षका सुनक दुई सय वर्षको इतिहासमा बेलायतको कान्छो प्रधानमन्त्री पनि बनेका छन् ।

प्रधानमन्त्री लिज ट्रसले कार्यभार सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि सुनक प्रधानमन्त्री बनेका हुन् । यही वर्षको पहिलो टोरी नेतृत्व प्रतिस्पर्धामा लिज ट्रससँग पराजित भएको सात हप्तापछि सुनक विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्