काठमाडौँ, ३१ असार । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक(एआईजी)विश्वराज पोखरेलले दायर गरेको रिट खारेज भएको छ ।
पोखरेलले प्रहरी महानिरीक्षकमा (आईजीपी) धीरजप्रताप सिंहको नियुक्तिविरुद्ध दायर गरेको रिट शुक्रवार सर्वोच्च अदालतले खारेज गरेको हो ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा.कुमार चुडालको संयुक्त इजलासले आईजीपी बढुवाविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो । योसँगै पोखरेलको आईजीपी बन्ने सपना सकिएको छ ।
आईजीपी नियुक्तिविरुद्धको मुद्दामा आज एआईजी पोखरेल पक्षका वकिलले जवाफी बहस गरेसँगै फैसला आएको हो । यस मुद्दामा शुक्रवार कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा पाँचौँ पटक सुनुवाइ भएको थियो ।







