Logo

एआईजी पाेखरेलले दिए राजीनामा



काठमाडौँ, २ साउन । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् ।

पोखरेलले आज दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा दिएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले जानकारी दिए ।

२०७९ वैशाख १८ को मन्त्रिपरिषद् बैठकले एआईजी धीरजप्रताप सिंहलाई महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेको थियो । आफूभन्दा डेढ वर्ष कनिष्ठलाई महानिरीक्षकमा नियुक्त गरेको भन्दै वैशाख १९ गते पोखरेल सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका थिए ।

पोखरेलले दायर गरेको रिट सर्वोच्चले असार ३१ मा खारेज गरेसँगै पोखरेलसँग सिंहलाई आईजीपी स्वीकारेर काममा फर्किने कि राजीनामा दिने भन्ने विकल्प थियो ।

प्रतिक्रिया दिनुहोस्