सप्तरी, २६ जेठ । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीमा दुई जनाको मृत्यु भएको छ ।
बोदेबर्साइन नगरपालिका-३ मधुवनमा आज चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो ।
गाईबस्तु चराउन गएका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवलाई चट्याङ लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुवैमाथि चट्याङ परेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदेबर्साइनले जनाएको छ ।