बनेपा, २ वैशाख । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गठबन्धन दलले एकअर्काको अस्तित्व स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताएकी छन् ।
काभ्रेपलाञ्चोकको पाँचखालमा आज नेकपा (एकीकृत समाजवादी)पार्टीको पाँचखाल नगरस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उनले राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि गठबन्ध भएको हुनाले एकले अर्काको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्न आवश्यक रहेको बताइन् ।
यसअघिको सरकार र पार्टीको नेतृत्व गर्नेले अरुको अस्तित्वलाई स्वीकार नगरेका कारण विद्रोह गर्नुपरेको बताउँदै उनले अहिलेको गठबन्धनले त्यस्ताखाले अवस्थाबाट छुटकारा दिलाउनको लागि स्थानीय तहको निर्वाचनदेखि प्रदेश र सङ्घ सरकारको निर्वाचन गरेर मुलुकलाई समृद्धि बनाउने दिशामा अगाडि बढ्न गठबन्धन बनेको उनको भनाइ छ ।