काठमाडौँ, ३ असार । इङ्ग्ल्यान्डले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक योगफल बनाएको छ ।
नेदरल्यान्ड्सँगको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको इङ्ग्ल्यान्डले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै चार सय ९८ रन बनाउँदै आफ्नै कीतिमान तोडेको हो ।
यो एकदिवसीय इतिहासकै सर्वाधिक ठूलो योगफल हो । यसअघि सन् २०१८ मा इङ्ग्ल्यान्डले अस्ट्रेलियासँगको खेलमा चार सय ८१ रन बनाएको थियो ।
इङ्ग्ल्यान्डले सर्वाधिक योगफल बनाउँदा जोस बटलरले ७० बलमा नटआउट एक सय ६२ रन बनाए । यस्तै डेविड मलनले एक सय २५, फिलिप साल्टले एक सय २२ र लायम लिभिङस्टोनले २२ बलमा ६६ रन बनाए ।
बलिङतर्फ नेदरल्यान्ड्सका कप्तान पिटर सिलरले दुई विकेट लिएका थिए ।