Logo

एकल असहाय पुरुषलाई भत्ता



सिन्धुपाल्चोक, ७ पुस । ईन्द्रावती गाउँपालिकाले ६० वर्षभन्दा माथिका एकल असहाय पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

गाउँपालिकाभर रहेका असहाय अपाङ्गता एकल पुरुषका लागि मासिक रु पाँच सयका दरले भत्ता वितरण सुरु गरेको हो ।

उमेरले ६० वर्ष नाघेका असहाय एकल पुरुष हो भनि वडा कार्यलयबाट सिफारिस पालिकाका ६१ लाभग्राहीका लागि गाउँपालिकाले बैँक खातामा सिधैँ रकम जम्मा हुनेगरी मेगा, एनसिसी र सिन्धु बैंकलाई पत्राचार गरेको छ ।

इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले गत सम्पन्न स्थानीय तहको निर्वाचनमा आफू निर्वाचित भएपछि एकल पुरुषका लागि पाँच सयका दरले भत्ता दिने घोषणा गरेका थिए । त्यही अनुरुप गाउँपालिकाले असक्त एक पुरुषका लागि पनि भत्ताको व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्