झापा , २७ कात्तिक । हरिबोधिनी एकादशीका दिन झापाका पाँच वटा गाउँपालिकाले आज मंगलवार स्थानीय बिदा दिएका छन् ।
भद्रपुर, कचनकवल, हल्दिवारी, झापा र गौरीगञ्ज गाउँपालिकाले कार्तिक २७ मा स्थानीय बिदा दिएका हुन् । आदिवासीहरूले ठूलो एकादशीलाई महान् पर्वको रुपमा मनाउने गरेका छन् । आदिवासीहरूको बाहुल्यता रहेको पालिकाहरुले बिदा दिएका हुन् ।
हिन्दु धर्मावलम्बीहरूले हरिबोधनी एकादशीलाई सबैभन्दा ठुलो एकादशीका रूपमा लिने गर्दछन् ।