काठमाडौँ, ५ पुस । एकिकृत वैदेशिक रोजगार व्यवसायी संगठन नेपालले आसन्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि आफना उम्मेदवार घोषणा गरेको छ ।
एकिकृत समाजवादी निकट संगठनले संघको आगामी निर्वाचनका लागि प्रथम उपाध्यक्षमा वाई.वि.राई, द्धितिय उपाध्यक्षमा बाबुराम खड्का, तृतिया उपाध्यक्षमा चन्द्रजंग पाण्डे र नवराज लुईटेलको उम्मेदवारी घोषणा गरेको एकिकृत वैदेशिक रोजगार व्यवसायी संगठनका निर्वाचन परिचालन समितिका संयोजक कमलप्रसाद सापकोटाले जानकारी दिए ।
त्यस्तै महासचिवमा मधुकार रिजाल, सुरज घुण्डे गुरुङ, सचिवमा मोहन स्याङवा र अनिल बोगटी, कोषाध्यक्षमा सरस्वती सुवेदी र अन्जुला कुमारी यादव रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा टक्कर पाख्रीन, निरज ज्ञवाली, बम्ह्रदेव यादव, गणेश कुंवर, कामेश्वर साह, शिवबहादुर कुंवर, फिरोज खान, अनन्त शर्मा, सरोज कुसवाह र राधामोहन प्रसाद जैसवाल रहेका छन् ।
त्यस्तै संगठनले गठबन्धनमा मिलेर जानु पर्ने अवस्थामा छोड्न तथा तलमाथी हुन सक्ने गरी उम्मेदवार तह गरेको निर्वाचन परिचालन समितिका संयोजक सापकोटाले बताए ।






