Logo

एकीकरणपछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक आज



काठमाडौं, २० पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज (आइतबार) बस्दैछ। पुस १४ गते ऊर्जा मन्त्री कुलमान घिसिङ र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहसँग पार्टी एकता भएकोपछि बस्न लागेको यो पहिलो बैठकलाई राजनीतिमा विशेष महत्वका साथ हेरिएको छ।

पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा सुरु हुनेछ। बैठकमा सहभागी हुन केन्द्रीय समिति सदस्यहरूलाई अनिवार्य उपस्थितिको निर्देशन दिइएको छ।

आजको बैठक मुख्यतः पार्टीको नयाँ राजनीतिक समीकरण, सांगठनिक संरचनाको पुनर्संरचना तथा समायोजनमा केन्द्रित रहने बताइएको छ। बालेन शाह र कुलमान घिसिङजस्ता प्रभावशाली व्यक्तित्व पार्टीमा आएसँगै संगठन विस्तार, आन्तरिक समन्वय र सुदृढीकरणका विषयमा गम्भीर छलफल हुने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्