काठमाडौैँ, १९ मङ्सिर । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकेको छ ।
मङ्गलवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन २०८१ जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
यसअघि एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन माघ १४ देखि १८ गतेसम्म तोकिएको थियो । यस्तै पार्टीले माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने प्रवक्ता खतिवडाले बताए ।
राष्ट्रिय महाधिवेशनमा दस्तावेज मस्यौदा सम्बन्धमा छलफलका लागि पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ सदस्यीय कमिटी गठन भएको पनि प्रवक्ता खतिवडाले जानकारी दिए ।







