Logo

एकीकृत समाजवादीकाे विजय जुलुसमा एमाले कार्यकर्ताद्वारा ढुङ्गामुढा



बझाङ, ३ जेष्ठ । बझाङको थलारा गाउँपालिका वडा नं.९ मा विजय जुलुस मनाउने क्रममा ढुङ्गामुढा प्रहार हुँदा आठ जना घाइते भएका छन् ।

थलारा गाउँपालिकाको वडा नं.९ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीले जितेपछि विजय जुलुस मनाउने क्रममा एमालेका कार्यकर्ताले ढुङ्गामुढा गरेका थिए ।

ढुङ्गामुढा गर्दा एकीकृत समाजवादीका आठ जना घाइते भएका हुन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घटनास्थल वरिपरिको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

थलाराको वडा नम्बर ९ मा एकीकृत समाजवादीका लोकेन्द्रबहादुर विष्ट विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्