Logo

एकीकृत समाजवादीका ६ सांसदले लिए हस्ताक्षर फिर्ता



काठमाडौँ, ११ असार । संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिएका नेकपा (एकीकृत समाजवादी)का ६ नेताले हस्ताक्षर फिर्ता लिएका छन् ।

शनिबार काठमाडौंमा बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहित ६ सांसदले हस्ताक्षर फिर्ता लिएको लिखित जानकारी गराएका हुन् ।

हस्ताक्षर फिर्ता लिनेमा आलेसहित धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र बीनादेवी बुढाथोकी रहेको नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।

निवेदन दिनेमध्ये स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सासंद निरा जैरुले भने हस्ताक्षर फिर्ता गरेका छैनन् ।

मन्त्री फेर्ने प्रस्तावमा असन्तुष्टि जनाउँदै एकीकृत समाजवादीका १० सांसदले अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्